नेपाल क्रिकेट संघले आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्ले-अफ डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुने जनाएको छ।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

५० ओभरको प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। विश्वकप लिग-२ को तालिकामा पुछारका चार टोली र च्यालेन्ज लिगका समूह ए र बीबाट शीर्ष दुई/दुई टोली यसमा खेल्नेछन्।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

लिग-२ बाट नेपाल, युएई, नामिबिया र क्यानडा सहभागी हुनेछन्। च्यालेन्ज लिगको समूह बीबाट इटाली र युगान्डा छनोट भइसकेका छन्।

प्ले-अफका उत्कृष्ट चार टोली दक्षिण अफ्रिका र नामिबियाको संयुक्त आयोजनामा सन् २०२७ मा हुने विश्वकप छनोटमा पुग्नेछन्।

यही प्रतियोगिताका कारण डिसेम्बर ९, ११ र १३ मा तय भएको नेपाल र भारत ए बीचको सिरिजको तालिका परिवर्तन हुनेछ। नयाँ तालिका दुवै बोर्डको समन्वयमा छिट्टै सार्वजनिक गरिने संघले जनाएको छ।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

स्रोत: The Kathmandu Post