काठमाडौं । एसियाली क्रिकेट परिषद् (एसीसी) मेन्स एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको घोषणा भएको छ। लेगस्पिनर सन्दीप लामिछानेलाई टोलीको कप्तानी सुम्पिइएको छ।
प्रतियोगिता बिहीबार (नोभेम्बर १९) देखि कतारमा सुरु हुँदैछ। समूह चरणमा नेपालले नोभेम्बर २० मा भारत, २२ मा संयुक्त अरब इमिरेट्स (यूएई) र २४ मा पाकिस्तानसँग खेल्नेछ।
यस्तो छ नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सराफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, रशिद खान र देव खनाल।
कडा समूहमा नेपाल
भारत र पाकिस्तानजस्ता बलिया टोली रहेको समूहमा नेपालको यात्रा चुनौतीपूर्ण मानिएको छ। तर, अनुभवी र युवा खेलाडीको मिश्रण रहेको टोलीबाट राम्रो नतिजाको अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली खेलाडीले देखाएको प्रदर्शनले टोलीको मनोबल उच्च बनाएको छ।


























